ठाडाको कोठिया मैदानमा १७ घर सुख्खा पहिराले बगायो (फोटो फिचर / शितगंगा – १२)

अर्घाखाँचीडट्कम संवाददाता / गणेश खनाल
ठाडा, अर्घाखाँची असोज,९ गते । अर्घाखाँची शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलमा १७ घर सुख्खा पहिराले बगाएको छ । भने १८ वटा घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
९९ घर परिवारलाई सुरिक्षत ठाउँमा सारिएको जनाईएको छ । कारण थप घर गोठमा जोखिम रहेको प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
पहिरोका कारण विस्थापित भएका १७ घरपरिवारका झण्डै एकसय जनालाई गौरा माबी रजिया र स्थानियको खाली घर र गोठमा राखिएको बुढाथोकीले जानकारी दिनुभयो । पहिरोमा मानविय क्षती नभएपनी घरमा रहेको नगद, जिन्सि, अन्नपात, पशु चौपाया सबै पुरिएको प्रहरीले जनाएको छ ।
 पहिरो खस्ने क्रम नरोकिएकाले घरहरु पुरिने संख्या बढ्न सक्ने प्रहरीको भनाई रहेको छ । स्थानिय जनप्रतिनिधिको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारेको जनाईएको छ ।   
घरगोठ बग्ने क्रम नरोकिएको जनाईएको छ ।

अन्य समाचारहरु