सिद्धारामा पहिरोले ६ घर पुरिए, ५० भन्दा बढी घर उच्च जोखिमा


गणेश बेल्बासे संगम
सिद्धारा, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड  नं. ११ सिद्धारामा पहिरोले ६ घर पुरिएका छ्न । लगातारको वर्षापछि माथिबाट आएको पहिरोले ६ घर पुरिएका छन् । त्यस्तै त्यहाँका अन्य ५० भन्दा बढी घर उच्च जोखिमा रहेका छन ।
शितगंगा नगरपालिका वडा नं. ११ ढुङ्गेसेराका अन्तर्गत सिस्नेरी टोलका ४ घर लिसिङ टोलका २ घर गरी ६ घर पहिरोले पुरेको छ । जसमा डिल बहादुर बराल, धन बहादुर बराल, दुर्गा बहादुर बराल, कर्ण बहादुर रजाली, राम बहादुर सुनार र दिपक सुनारको घर बारी पहिरोले लगेको छ । पहिरोले लाखौको क्षति पुर्‍याएको छ । तर कुनै मानविय क्षति भएको छैन ।
जमिन भासिएको देखेपछि तत्कालै उनीहरू घर छाडेर छिमेकको घरमा पुगेका थिए । अर्को दिन उनीहरूले घरमा रहेको अन्नपात छिमेकिको सहायतामा ओसारेका छन् ।
जोखिम रहेका घरहरुमा सिस्नेरी टोलका २० घर, लिसिङ टोलका ४ घर, काला दमारका १४ घर, चौर टोलका ११ घर, दमार टोलका ९ घर जोखिममा रहेका छन । जसमध्ये करिब ५० घर भन्दा बढी उच्च जोखिममा रहेका छन् ।
पहिरोले घर पुरिएको सूचना पाए लगत्तै रातोप्रेस टिम घटनास्थलतर्फ गएको थियो । टोलीले घटनास्थलमा पुगी पिडितको प्रतिकृया सहितको रिपोटिङ तयार गरेको छ । थप विवरण भिडियो मार्फत भोली बिहान आउनेछ प्रतिक्षा गर्नुहोला ।

अन्य समाचारहरु