अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको कोठिया मैदानमा पहिरोका कारण विस्तापित परिवारहरुलाई शितगंगा उद्योग बाणिज्य संघले राहत बितरण गरेको छ ।
हिजो माथिबाट पहिरो गए पछि जोख्लेगैरा बिभिन्न घरहरु भत्किएका छन भने केहि घर पहिरोमा पुरिका थिए ।
जमिनमा ठुलाठुला चिरा परेको छ भने जमिननै उथलपुथल बनेको छ ।निकै ठुलो क्षेत्रफलमा जमिनको स्वरुपनै बिग्रने गरि चिरा परेको छ । शितगंगा उद्योग बाणिज्य संघले घरबार बिहिन भएर अलपत्र परेका तथा उद्धारमा खटेकाहरु लाई चाउचाउ,चिउरा,किस्कुट,दालमोटको ब्यवस्थापन गरेको हो ।
साथै बिभिन्न सदस्यहरु सहित पुगेको संघले भत्किएका तथा जोखिममा परेका घरमा रहेका अत्आवश्यक सामाग्री सम्बन्धित स्थानमा पुराउनका लागि समेत खटेका थिए ।
उद्धारमा खट्नु पर्ने समयमा अधिकांस ब्यति तथा प्रहरी , आर्मी, शसस्त्र लगायतको टिम जोखिम क्षेत्रमा लामो समय सम्म उद्धारमा नगएको भन्दै शितगंगा उद्योग बाणिज्य संघका सदस्य समेत रहेका नारायण बन्जाडेले आर्कोस पोख्नु भयो तत्काल उद्धार नगरेमा अन्नपात लगायतका सामाग्रीहरु ल्याउन नसकिने भएकोले पनि उद्धार गर्न गएकाहरुनै घटना स्थलमा जान डराउने गर्दा उद्धारमा समस्या हुने भएकोले पनि विपतको समयमा सबैले पहिलो प्राथमिकतामा उद्धार गर्नु पर्नेमा उहाले जोड दिनु भयो ।
शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारी, सचिव लक्षमण पन्थी, सदस्यहरु कृष्ण गहतराज,टकं पौडेल,दिपेन रसाइली, गोपाल पन्थी , भुवन अधिकारी,नारायण बन्जाडे, लगायतको समुहले राहत बितरण सहित उद्धारकार्यमा समेत खटेका थिए ।