सन्धिखर्कमा नेविरा फाउण्डेसन अर्घाखाँचीद्वारा अपाङ्ग, भुकम्प पिडितहरुलाई राहत हस्तान्तरण

नविनजंङ्ग खनाल / अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयमा अपाङ्ग तथा भुकम्प पिडितहरुलाई राहत सामग्री तथा नगद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नेविरा फाउण्डेसन अर्घाखाँचीको आयोजना सन्धिखर्क स्थित निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयमा अपाङ्ग तथा भुकम्प पिडितहरुलाई राहत सामग्री तथा नगद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
 फाउण्डेसनले निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयलाई २ थान तातो तथा चिसो पानी आउने इलेक्ट्रिक डिस्पेन्सर प्रधानाध्यापक कमला भु्साललाई हस्तान्तरण गरेको थियो । सहयोग सामग्री बुझेपछि प्रधानाध्यापक भुसालले फाउण्डेसनको सामाजिक कार्यको मुक्त कण्ठले प्रशंसा गर्दै आगामी दिनहरुमा पनि फाउण्डेसनको उच्च सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
यस्तै फाउण्डेसनले भूमिकास्थान नगरपालिका वडा नं. १ का भूकम्प पीडित ऋषि खनाल र सन्धिखर्क नगरपालिका वडा नं. ८ गोल्खाडाका अपाङ्ग कल्पना कुँवरलाई नगद ५००५ दरले सहयोग रकम हस्तान्तरण गरेको थियो । कार्यक्रममा फाउण्डेसनको विगत र बर्तमान अवस्थाको वारेमा कार्यक्रम कोडिनेटर विशाल रायमाझिले प्रकाश पारेका थिए । रायमाझीले युबाहरुले नगरे कल्ले गर्ने अहिले नगरे कहिले गर्ने भन्दै सम्पूर्ण युवाहरुलाई अहिले देखी नै समाजसेवामा लाग्न आग्रह गर्दै नेबिरा फोउन्डसनले आगामी दिनहरुमा पनि समाजमा आइपरेका हरेक समस्याहरुमा होस्टेमा हैसे गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम फाउण्डेसन कार्यक्रम कोडिनेटर विशाल रायमाझीको अध्यक्षता र बिन्दु पौडेलको संचालनमा सम्पन भएको थियो।

अन्य समाचारहरु