शितगंगा – १२: ठाडाको कोठिया देउरालीमा पहिरोको कारण विस्तापित घर परिवारलाई राहत र उद्वारकार्य जारी
आश्विन १० गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
कोठिया देउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड न. १२ ठाडाको कोठिया देउरालीमा अहिले ४० घर परिवार बिचल्लीमा परेका छन् ।
आश्बिन ६ गते साँझदेखि परेको अबिरल बर्षाको कारण यस क्षेत्रको भिरालो तथा समथर भुभाग भासिदै गएको छ चुरे क्षेत्रमा रहेको यस बस्तीमा सामान्य पहिरो जानू स्वाभाविक भए पनि समथल स्थानमा रहेको ठाउँमा पनि घरहरु ढल्नु तथा जमिन चिरा चिरा पर्नु अनौठो मानिन्छ ।
अहिले यस क्षेत्रका स्थानीय बासिन्दा मात्रै हैन त्यस ठाउँमा पुग्ने जो सुकै पनि आतन्कित बनेका छन् ।
करिव २६ घर पुर्ण रुपमा क्षति तथा अन्य १५ घर परिवार विस्तापित हुने गरि भएका प्राकृतिक प्रकोपको राष्टिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वल, प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि पुलामी, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल लगायतको समुहले प्रकोप भएको स्थलको अनुगमन गर्दै तत्काल उनिहरुको बासको ब्यवस्थापनमा खट्ने निर्णय गरेको छ ।
पहिरोले विस्थापित भएको गाउँको कुनै पनि घर बस्न लाएक नभएकोले करिव ४० घर परिवार पुर्ण रुपमै विस्तापित हुने भएकोले उनिहरुको बाँसको लागि तत्कार ब्यवस्थापनमा लाग्न सबैले सहयोग गर्नुपर्ने शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले अनुरोध गर्नुभयो ।
साथै तत्कालको लागि नगरपालिकाले खानाको व्यवस्थापनमा लाग्ने भए पनि स्थाई बसोवासको लागि बस्ति स्तान्त्रणको बिकल्प नभएकोले केन्द्र देखि प्रदेशले यस तर्फ तत्काल चासो दिनु पर्ने अधिकारीले बताउनुभयो । यस्तै प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले तत्कालको प्राथमिकता उदारमा हुनु पर्नेमा जोड दिनुभयो । प्रदेश सरकारबाट तत्काल प्रत्येक घर परिवारलाई घर छाउने टिनको ब्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शितगंगामा पहिरोले बिस्थापित भएकाहरुलाई १० दिन भित्र अस्थाई बसोबासको ब्यवस्था मिलाउने र ५ महिनामा स्थाई बसोबासको व्यवस्था गर्ने गरि सबैजना लाग्नु पर्नेमा घिमिरेले जोड दिनुभयो ।
राष्टिय सभा सदस्य चन्द्र खड्का उज्वलले तत्काल जग्गाको लागि व्यवस्थापन गनुपर्नेमा जोड दिनुभयो । उहाँले केन्द्र सरकार र प्रदेश सँगको समन्वयमा तत्काल स्थाइ बसोबासको ब्यवस्थापनमा जोड दिनु पर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बिभिन्न व्यक्तीले जग्गा उपलब्ध गराएको ५ दिनमै सम्पुर्ण घरको जग बसाल्ने बताउँदै सहयोग गर्न चाहेका तत्काल सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
नेकपा शितगंगा अध्यक्ष बशन्त श्रेष्ठ, नेपाली काँग्रेस नगर सभापति मोती बेल्बासे, कल्याणि सेवा नेपालका उपाध्यक्ष अम्बिका बेल्बासे श्रेष्ठ, रेडक्रस अर्घाखाँची लगायत बिभिन्न संघ सस्था तथा स्थानियहरुको उपस्थितमा उद्धार तथा बिभिन्न राहत बितरण भएको थियो भए पिडित बनकाहरुलार्य स्थान्त्ररण गर्नको लागि खाली रहेको स्थानको समेत टोलीले अनुगमन गरेको छ । उपयुक्त रहेका शितगंगा नगरपालिका १२ को बान्दे्र स्थानमा स्थान्त्ररण गरिने छ ।
आज प्रत्येक घरमा रहेका अन्नपातलाई प्राथमिकता दिँदै सबैको सहयोगमा सामाग्री सुरक्षित स्थान सम्म पुराइएको छ । पहिरोले २६ घरमा पुर्ण क्षति गरेको छ भने अधिकांस घरहरु चर्किएका छन अब उत्त गाँउमा बस्ति बस्ने सम्भावनानै हराएको छ जमिन भासिदै गएको छ । जमिन बिभिन्न ठाँउमा चिरा परेको छ पानी परेमा पुन बिभिन्न स्थान बाट पहिरो जाने सम्भावना रहेको देखिन्छ ।
स्थानिय तहले तत्कालको लागी उनिहरुलाइ खानाको बयवस्थ ागर्ने भइको छ । अहिले आपलन्तकोमा आश्रय लिएर बसेका उनिहरुलार्य तत्काल अस्थाई बसोबासको तयारी गरिएको छ भने ५ / १० दिनमै कुनै निष्चित स्थानमा बसोबासको ब्यवस्था मिलाउने तयारी छ ५ महिना भित्र पुर्ण रुूपमा स्थाइ रुपमै बशोबास गर्ने गरि ब्यवस्थापन मिलाउन बिभिन्न राजनितिक दल जनप्रतिनिधी, सांसदहरु तत्पर देखिएका छन ।
स्थानिय क्षेत्रमै रहेको खाली जज्जगाहरुको प्रमुख जिल्ला अधिकारी, प्रदेश सांसद, लगायतको टोलीले अनुगमन समेत गरेको छ । अहिले बिभिन्न स्थान तथा संघ सस्थाहरु बाट राहत सामाग्रीहरु समेत आउन थालेका छन ।
४० घर परिवार रहेको उक्त बस्तिका १७ घर पुर्ण रुपमा नस्ट भएका छन् । भने बाँकी पनि उच्च जोखिममा रहेका छन। उक्त स्थानमा नेपाली सेनाका २५ जना शसस्त्र प्रहरीका १५ जना र जनपद प्रहरीका १५ जना शुरक्षाकर्मी सहितको टोली उद्वार कार्यमा खटिरहेको छ ।
उक्त क्षेत्रको घटनाको अवस्था बुझ्न रास्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काको नेतृत्वमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितिका उप प्रमुख ऋषि बहादुर पुलामी जिल्ला बिपद ब्यबस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल जिल्ला स्थित शुरक्षा निकायका प्रमुखहरु नेपाल रेडक्रस जिल्ला शाखाका अध्यक्ष कुशल भुसाल , नागरिक समाजका अगुवा तथा सन्चारकर्मी लागायतको टोली उक्त बस्तिमा पुगि उद्वारकार्यमा जुटेको छ ।
तत्कालको निम्ति नेपाल रेडक्रस जिल्ला शाखाले उद्वारको सामाग्री पिडितहरुलाई हस्तान्तरण गरि सकेको छ भने उक्त क्षेत्रमा त्यहाँका नगरप्रमुख सुर्य प्रसाद अधिकारी उप प्रमुख टीका बहादुर रेश्मी तथा वार्ड न। १२ का वडा अध्यक्ष बाबुराम गैर निरन्तर खटिरहनु भएको छ।