अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड न. १२ ठाडाको कोठिया देउराली मैदानको जोख्ले गैरामा पहिरो जाँदा भागेर ज्यान बचाएका १७ घरका ९९ जना परिवार अहिले खुला चौरमै छन् । पहिरोले पुरेर, बगेर र भासिएर १७ घरगोठ ध्वस्त भएका छन् ।
शीतगंगाबाट विभिन्न पेशा, व्यावसाय र रोजगारको शिलशिलामा काठमाडौमा बस्नेहरुको शीतगंगा समुह काठमाडौले पहिरो पीडितलाई राहत उपलब्ध गराउने भएको छ ।
समुहको शनिवार बसेको बैठकले खाद्यान्य र लत्ताकपडा पठाउने निर्णय गरेको छ । समुहले ५० वटा क्लान्केट र ८० हजार मुल्य बराबारका विभिन्न सामाग्री पठाउने निर्णय भएको समुहकी सहसचिव राधा अधिकारीले बताउनुभयो । बर्खाका कारण पहिरो भएको हो । पहिरोमा पीडित परिवारलाई राहत जुटाउन र सक्दो सहयोग गर्न समुहले सबैलाई अनुरोध गरेको छ ।