सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नम्बर १२ ठाडाको कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलमा असोज ९ गते गाँउको तिनतिर बाट पहिरो गयो गाँउदेखि माथी गएको पहिरोले केही घर बगायो तर अधिकांस घर भने पहिरो नआए पनि ढलेर नष्ट बने १० मिटरको दुरीमा रहेका २ घर अहिले करिव ४० मिटरको दुरीमा पुगे पानी बग्ने खोल्साहरु अग्लो अबस्थामा छन भने अधिकांस बिजुलीका पोलहरु भुइमै लडेका छन बिजुलीका तारहरु चुटिएका छन ।
सम्मै रहेका खेतहरु अहिले भिरालो बनेका छन झट्ट हेर्दा भुकम्पले तहसनहस पारे जस्तो देखिने उक्त स्थानमा ९ गते सबै ज्यान जोगाउन भागे सनिबार पानी बिदोभए सँगै आफ्ना सामान उठाउन ढलेका घर तथा नढलेका घरमा मानिसहरु आफ्नो घरमै जान डराए ।
नेपाल प्रहरी बिहानै घटना स्थलमा पुगे पनि उद्धारको लागि घरघरमा पुग्न सकेन स्थानियहरु समेत त्रसित बनेको समयमा शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी लामो बाटो पैदल पुगेर आफुनै अगाडी लागेर उद्धारको लागी गाउको बस्तिमा पसेपछि जम्मा भएका स्थानियहरु समते उद्धारमा खटे मेयर अधिकारी समेत ढलेका घरमा रहेका सामाग्री उठाउन आफै अगाडी बढेर सामान बोक्दै उद्धारमा खट्नु भयो ।
आज प्रत्येक घरमा रहेका अन्नपातलाई प्राथमिकता दिँदै सबैको सहयोगमा सामाग्री सुरक्षित स्थान सम्म पुराइएको छ । पहिरोले २६ घरमा पुर्ण क्षति गरेको छ भने अधिकांस घरहरु चर्किएका छन अब उत्त गाँउमा बस्ति बस्ने सम्भावनानै हराएको छ जमिन भासिदै गएको छ ।
जमिन बिभिन्न ठाँउमा चिरा परेको छ पानी परेमा पुन बिभिन्न स्थान बाट पहिरो जाने सम्भावना रहेको देखिन्छ । स्थानिय तहले तत्कालको लागी उनिहरुलाइ खानाको ब्यवस्था गर्ने भएको छ । अहिले आफ्न्तकोमा आश्रय लिएर बसेका उनिहरुलाई तत्काल अस्थाई बसोबासको तयारी गरिएको छ भने ५ ÷ १० दिनमै कुनै निष्चित स्थानमा बसोबासको ब्यवस्था मिलाउने तयारी छ ५ महिना भित्र पुर्ण रुूपमा स्थाइ रुपमै बशोबास गर्ने गरि ब्यवस्थापन मिलाउन बिभिन्न राजनितिक दल जनप्रतिनिधी, सांसदहरु तत्पर देखिएका छन ।
स्थानिय क्षेत्रमै रहेको खाली जग्गाहरुको प्रमुख जिल्ला अधिकारी, प्रदेश सांसद , लगायतको टोलीले अनुगमन समेत गरेको छ उपयुक्त स्थान भेटिएमा उनिहरुलाई उक्त्त स्थानमा सारिनेछ अहिले बिभिन्न स्थान तथा संघ सस्थाहरु बाट राहत सामाग्रीहरु समेत आउन थालेका छन ।