शितगंगा – १२: ठाडाको कोठिया मैदानका पहिरो पिडितलाई कल्याणी सेवा नेपाल अर्घाखाँचीद्वारा राहत सामग्री हस्तान्तरण

जनक केसी  / अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नम्बर १२ ठाडाको कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलमा करिव २६ घर पुर्ण रुपमा क्षति तथा अन्य १५ घर परिवार विस्तापित हुने गरि भएको प्राकृतिक प्रकोपको भएको बेला कल्याणी सेवा नेपाल अर्घाखाँचीले राहत सहयोग गरेको छ । 
कल्याणी सेवा नेपाल अर्घाखाँचीले १७ बोरा चामल नुन लगायतका सामाग्री संस्थाकी उपाध्यक्ष अम्बिका बेल्बासे श्रेष्ठ, सचिब पबित्रा भटराई , कोषाध्यक्ष रुक्मिना पराजुली, सदस्य मिना बस्यालको टोलीले आफै फिल्ड्मा गएर स्थलगत अनुगमन सहित हस्तान्तरण गरेका हुन् । 
त्यसतै जिल्ला बिपत ब्यबस्थापन समितिले भासिएको क्षेत्रको स्थलगत अनुगमनमा राष्टिय सभा सदस्य चन्द्र खड्का उज्वल , प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी , जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि पुलामी प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति कुशल भुसाल लगायतको समुहले प्रकोप भएको स्थलको अनुगमन गर्दै तत्काल उनिहरुको बासको ब्यवस्थापनमा खट्ने निर्णय गरेको छ।
साथै विभिन्न संघ सस्थाहरुबाट राहत सामाग्री पनि आउन थालेको छ ।

अन्य समाचारहरु