अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा आईतबारदेखि विद्यालय सञ्चालन हुने भएका छन् ।
चैत्र महिनादेखि बन्द मालारानी गाउँपालिकाका सबै विद्यालयहरु भोली आईतबारदेखि सबै सुरक्षाको मापदण्ड पुरा गरेर सञ्चालन हुने भएका हुन् ।
मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले डट्कमलाई जानकारी गराए अनुसार यहाँका ६३ विद्यालयका ८ हजार विद्यार्थी तथा २ हजार शिक्षकलाई १० हजार थान माक्स, ३ सय लिटर सेनिटाईजर वितरण गरिने भएको छ । यस्तै ७५ थान थर्मोगन खरिद गरेर दिईने तयारी गरिएको छ ।