ढाकावाङको आमडाँडामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षणात्मक भेला सम्पन्न

फाइल तस्बिर 
माधव खनाल  
ढाकावाङ, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर न १ ढाकावाङको आमडाँडामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । 
सो अबवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले नेपालमा बिदेशीलाई खुशी पार्न ल्याइएको  संघीयताले रमिता देखाएको बताउनुभएको छ । आईताबार राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड नम्बर न १ ढाकावाङको आमडामा भएको प्रशिक्षणात्मक भेलालाई सम्बोधन गर्दै नेता थापाले सो कुरा बताउनुभएको थियो । 
साथै नेता थापाले केपि वली नेतृत्वको  बर्तमान सरकारले कम्युनिस्टको बदनामी समेत गरेको आरोप लगाउनुभयो । 
त्यस्तै प्रशिक्षणात्मक भेलालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अर्घाखाँची जिल्ला सदस्य मेघराज खनालले अब पनि वर्तमान सरकारलाई अब कम्युनिस्टको सरकार भनेर भन्नुपर्ने आधारै नभएको कुरा बताउनुभयो । 
कार्यक्रममा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य भोजराज खनाल अखिल नेपाल महिला संघकि शुसिला वैजाली जनजाति सम्मेलनका गणेश घर्ती लगायतले मन्तव्य राख्नुभएको थियो ।साथै भेलाले गणेश घर्ती अध्यक्ष रहेको नौ  सदस्यीय राष्ट्रिय जनमोर्चा आमडाडाको टोल समिति गठन गरेको छ जसको उपाध्यक्ष सचीव सहसचिव र कोषाध्यक्षमा शुमित्रा थापा सन्तोष पुन शुसिला वैजाली गोपाल घर्ती र सदस्यहरुमा क्रमशः रबिन्द्र पुन लोकबहादुर पुन यमकला पुन खिमा थापा पदम थापा रहनुभएको छ ।
भेलाले शुसिला वैजाली अध्यक्ष रहेको सात सदस्यीय अखिल नेपाल महिला संघ आमडाडा टोल समिती गठन गरेको छ जसको उपाध्यक्ष सचिव सहसचिव कोषाध्यक्ष क्रमश :सुमित्रा थापा सावित्रा घर्ती कुमारी राना धनकला राना सदस्य हरु डमा घर्ती मगर र भिमा घर्ती रहनुभएको छ । 
सोही भेलाले लोकबहादुर पुन अध्यक्ष रहेको एक्काइस सदस्यीय अखिल नेपाल युवक संघ आमडाडा टोलसमिती गठन गरेको छ जसको उपाध्यक्ष सचीव सहसचिव र कोषाध्यक्ष क्रमशः गोपाल घर्ती बाबुराम बैजाली सन्तोष पुन ललित घर्ती र सदस्यहरु क्रमशः चुरन वैजाली असोक घर्ती बेगम घर्ती प्रकाश घर्ती निरज घर्ती सुनिल पुन जोतिस थापा राजेस पुन जनक थापा मनिष थापा मिलन पुन सन्तोष रोका सुवास पुन सुरज थापा सुरज पुन अरुण थापा रहनुभएको छ । 
कार्यक्रम राष्ट्रिय जनमोर्चाका बयबृद्द नेता जुद्द बहादुर वैजालिको अध्यक्षता र भोजराज खनालको सञ्चालन रहेको थियो । 
जनमोर्चाले साता ब्यापी रूपमा भुमिकास्थान नगरपालिका वडा न १ मा भेला प्रशिक्षण अन्तरक्रिया र संघसंगठन बिस्तार अभियान चलाउने राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष मेघराज खनालले बताउनुभयो ।