भुमिकास्थानको पोखेडाँडामा नेकपा बिस्तारित बैठक सम्पन्न

हृदय भुसाल
पोखेडाँडा, अर्घाखाची । नेपाल कम्युनिष्ट पाटी नेकपा भुमिकास्थान नगरकमिटीको सचिवालयस्तरको बिस्तारित बैठक भुमिकास्थान ८ पोखेडाँडामा महत्वपुर्ण निर्णहरु गर्दे सम्पन्न भएको छ ।
वैठक प्रमुख अथिती तथा नेकपा पाँच नम्वर प्रदेश कमिटी सदस्य नरेन्द कुमार क्षेत्रीले वैठकलाई सम्वोधन गर्दे सामाजिक दुरी कायम गदै कोरोनावाट सबै सचेत हुदै पार्टी संगठनको कामलाई अझ प्रभाबकारी र थप सुदृढ गराउदै शसतm संगठन निमार्णमा लाग्नु पर्ने वताउनु भयो । बैठकका बिशेष अथिती तथा नेकपा प्रदेश कमिटी सदस्य छमकुमारी खनाल चिनारीले पार्टीलाई  बिधि बिधान अनुसार अनुुसाशनलाई पुर्णरुपमा पालना गर्दे सञ्चालन गर्नुपर्ने भन्दै पार्टीलाई बैचारिक सैध्दान्तिक तथा सागठनिक रुपमा सुदृढ गदै लैजाने पर्ने बताउनु भयो । नेतृ खनालले सवै एक भएर पार्टीलाई नयाँ ढगले अगाडी बढाउनु पर्ने बताउनु भयो ।
त्यस्तै बैठकमा बोल्दै नगरपमुख रेशम थापाले जनताको माग र आवश्यकताको आधारमा बिकास निमार्णको काम अगाडी वढाएको बताउदै बिकास निमार्णमा सवैका साथ सहयोग आवश्यक रहेको बताउनु भयो । बैठकमा नगर कमिटी इन्चार्ज खगेश्वर पन्थी सहइन्चार्ज ठाकुर बिक सौराग जिल्ला कमिटी सदस्यहरु नारायण खनाल,प्रेमनारायण गैरे सुवास बन्जाडे शर्मिला प्रोख्रेल,जनक इमानसिँह नेपाली गैरे,रुद खनाल  लगाएतले मनतब्य राख्नु भएको थियो  ।
 बैठकले नगरकमिटीका कामहरुको समिक्षा तथा रिपोट रिपोटिङ्क, सदस्यता नविकरण, वाड कमिटी तथा टोल कमिटीहरुका वैठक नियमित गर्ने जनबर्गिय संगठनहरुको गठन पुर्नगठन गर्ने लगाएतका महत्वपुर्ण निर्णय गरेकोहरु गरेको  कार्यालय सचिव झुपलाल खनालले बताउनु भयो । 
वैठक कमिटीका अध्यक्ष राजेन्द आचार्यको अध्यक्षता,प्रदेश कमिटी सदस्य नरेन्द कुमार क्षेत्रीको प्रमुख आथित्यता सचिव मणि पौडेलेको सञ्चालन मा सम्पन्न भएको प्रचार बिभाग प्रमुख  हृदय भुसाल वताउनु भएको छ ।