जलुकेको लापेका डोजर चालक बुढामगरको प्युठानको माण्डवीमा पहिरोमा परेर मृत्यु

माण्डवी गाउँपालीका
सलिममियाँ अन्सारी
प्युठान – प्युठानको माण्डवी गाउँपालीका-१ डामृखोला बाटो खन्ने क्रममा खसेको पहिरोमा परेर डोजर चालक अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ८ जलुकेको लापेका ४० वर्षिय नरसिंह बुढामगरको  घटनास्थलमै मृत्यु भएको छ । 
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार बिहान पौने ११ बजेतिर मदन भण्डारी लोकमार्ग अन्तरगत माण्डवि गाउँपालीका-१ डामृखोला नजिकै बाटो खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।
सडक माथिबाट खस्दै गरेको पहिरो देखेर ज्यान बचाउन जेसिबि डोजरबाट हामफालेका चालक नरसिंह बुढामगरको घटनास्थलमै मृत्यु भएको मल्लले जानकारी दिनुभयो ।

अन्य समाचारहरु