फाइल तस्बिर
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा बिपद ब्यबस्थापन समिती अर्घाखाँचीको बैठकले विभिन्न महत्त्वपूर्ण समितिहरु निर्माण गरि महत्त्वपूर्ण निर्यण सहित सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी बिस्णु पौडेलको अध्यक्षता राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खडका प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरेको विशेष उपस्थितिमा भएको बैठकमा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी, भुमिकास्थान नगरपालिकाका प्रमुख रेसम थापा, छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, मालारानीका अध्यक्ष बालकृष्ण शर्मा,पाणिनीका अध्यक्ष अच्युत गौतम लगायतका जनप्रतिनिधि सुरक्षा निकाएका प्रमुखहरु राजनीति पार्टीका नेताहरु काङ्ग्रेस सभापति बिस्नु प्रसाद खनाल मुस्कान, नेकपाका नेता राजेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी, समाजबादी पार्टीका टोपबहादुर बलाल, परिवार दलका डिल्लीराज भुसाल, उधोग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष असोक कुमार श्रेष्ठ, रेडक्रसका सभापति कुसल भुसाल, लगायतका सरोकारवालाहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
बैठकले गरेका निर्यणहरु यसप्रकार छन ।