सन्धिखर्क- सालझन्डी ढोरपाटन सडक कार्यालय प्रमुखमा बिरेन्द्र गौतम आउने, जयलाल मरासिनी रुपन्देही सरुवा

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । रुपन्देहीको साल्झन्डी हुँदै पाल्पा अर्घाखाँची प्युठान गुल्मी हुँदै वाग्लुङको ढोरपाटन जोड्ने निकै चर्चित सडक सन्धिखर्क- सालझन्डी ढोरपाटन सडक  कार्यालय प्रमुख सिनियर डिभिजन ईन्जिनियर जयलाल मरासिनीको सरुवा भएको छ । 
सरकारले कर्मचारीलाई सरुवा गर्ने बढुवा गर्ने नियमित प्रक्रिया अन्तरगत निकै कुसल राष्टसेवक जिल्लाबासीले निकै मन पराएका सिनियर ईन्जिनियर जयलाल मरासिनीको सडक डिभिजन कार्यालय रुपन्देहीमा सरुवा भएको हो मरासिनीको ठाउँमा अर्थात सडक आयोजनामा काठमाडौंबाट बिरेन्द्र गौतम अर्घाखाँची आयोजनामा सरुवा भएका छन् ।
सडक डिभिजन कार्यालय रुपन्देहीका सिनियर ईन्जिनियर मेघराज मरासिनिको पर्वत सरुवा भएपछि राम्रो काम गरि आफ्नो छवि अब्ल राख्न सफल मरासिनीको रुपन्देही सरुवा भएको हो । साल्झन्डी सन्धिखर्क ढोरपाटन सडकमा निकै मिहिनेतका साथ धेरै बिबादहरु टुङ्गोमा पुराउन सफल भएका मरासिनीको रुपन्देही सरुवा भएपनि मरासिनीको ठाउँमा आउने कार्यलय प्रमुखलाई निकै चुनौतीपूर्ण काम गर्नु पर्ने देखिन्छ मरासिनीले गरेको कामबाट साल्झन्डी देखि ढोरपाटन सम्मका धेरै ठाउका स्थानियको मन जितेर उनिहरुसँग राम्रोसँग कोडिनेसन गरेर काम गरेका  मरासिनी काम गर्न निकै सफल निकै बिबेकपुण काम गर्ने सुसासन पार्दसितालाई आत्मसाथ गरि काम गर्ने निर्बिबादित कार्यलय प्रमुखको रुपमा आफ्नो छवि बनाउन सफल कार्यलय प्रमुख हुन ।
यस  बर्षपरेको अबिरल बर्षाका कारण सडकका धेरै ठाउँहरुमा क्षेति पुराएको भएपनि धेरै मिहिनेतका साथ सडकहरु सुचारु गरिदै आएको स्थानियहरु बताउछन ।  सडक बनाउन सुरु भएदेखि करिव दुई अर्व खर्च हुदा समेत काम सम्पन्न हुन नसकेको सडकको मापदण्ड, स्थानीय मुआब्जा, काम नगर्ने  ठेकेदार जस्ता विभिन्न   समस्याहरूले वर्षौंदेखि  सडकमा सोचे अनुसारको काम हुन नसकेको अबस्थामा  सातौँ  कार्यलय प्रमुखका रूपमा २० महिना अगाडि  सिनियर ईन्जिनियर जयलाल मरासीनीले सडकमा हाजिर भई जिम्मेवारी समालनु भएको हो । 
 रुपन्देहीको सालझण्डी चोकदेखि अर्घाखाँचीको ढुङ्ग्रीखोलासम्मको ग्राभेल, नाली, कलभर्ट तथा वालआदिको जिम्मा लिएर ६ वर्ष बित्दासमेत तोकिएको कार्य पूरा गर्न आलटाल गर्दै आएको बिटी जयबाबा स्वयम्भू काठमाडौंलाई योजनाप्रमुख मरासिनीले ठुलो कसरत तरि ठेक्का ट‍ोडी बिदा गरेका मरासिनी हुन त्यतिबेला मरासिनीलाई सबैले निकै प्रसम्सा गरेका थिए  । 
यसरी बिटी जयबाबाको ठेक्का तोड्ने आँट गरेका मरासिनीको सक्रियतामा अहिले सो खण्डको साढे तेह्र किलोमिटर सडक नाली–वालसहित पिच गर्ने कार्यका लागि गत असोज ५ गते बहुवर्षीय ठेक्काको लागि सूचना सार्वजनिक भइसकेको छ भने बलेबाङदेखि फुदबाङसम्म कालोपत्रे गर्ने कार्यका लागि अहिले पनि निरन्तर काम भईरहेको छ । 
सडकका कामहरु भएको साईटमा आफै दिनभर खटेर काम गराउने मरासिनिको सरुवा भएपछि यो सडक अझै दुर्त गतिमा अगाडि बढ्छकि कछुवाको गतिमा अगाडि बर्छ यो हेर्न बाँकी छ ।  सन्धिखर्क चुत्राबेसीमा देखिएको बिबाद मिलाउन पनि मरासिनीले निकै ठूलो भुमिका खेल्नु भएको थियोे तर यो भुमिकाको रिज्लट आउन बाँकी नै छदा मरासिनीको सरुवा भएको हो अझै केही बर्ष यस सडकमा मरासिनीले नेतृत्व गरेको भए सडकबाट समयमा जन्ता लाभान्वित हुने अनुमान गरिएको थियोे ।

अन्य समाचारहरु