शितगंगा – १२ ठाडाको जोख्लेगैराका पहिरो पीडितलाई लुम्बिनी सामाजिक बिकाश केन्द्रद्वारा राह्त वितरण

 जनक के.सी  
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको जोख्लेगैराका पहिरो पीडितहरुलाई लुम्बिनी सामाजिक बिकाश केन्द्रले राह्त वितरण गरेको छ ।  
जोख्लेगैरा करिव २५ घर पुर्ण रुपमा क्षति तथा अन्य २३ घर परिवार विस्तापित हुने गरि भएको प्राकृतिक प्रकोपको भएको बेला लुम्बिनी सामाजिक बिकाश केन्द्रले दैनिक उपभोग्य सामाग्री ७ लाख ४८ हजार बराबरको सामाग्री सस्थाका सल्लाहकार इन्द्रमणी पौडेल सहितको टिमले स्थलगत अनुगमन सहित हस्तान्तरण गरेका हुन् । 
 पौडेल कार्यक्रममा बोल्दै हामी आवस्यक परे थप सहयोग गर्नेछौ। कार्यक्रम शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी ,उपमेयर टीका रेस्मि वाड अध्यक्ष बाबुराम गैरे इप्रका ठाडाका प्रमुख बाबुराम बस्नेत विभिन्न पार्टि प्रतिनिधि सङ सस्था पत्रकारहरु पहिरो पिडितका सदस्यहरुको बाक्लो उपस्थितिमा राहत सामाग्री हस्तान्त्रण भएको थियो ।  उनिहरुको अस्थायी बासको ब्यवस्थापनमा छिट्टै नगरपालिकाले सोच बनाएको यो समस्या केन्द्रमा समेत निर्णय हुने नगर उपप्रमुख रेस्मिले बताउनु भएको थियो। 
त्यस्तै उद्वारमा चुस्त रुपमा सहयोग गर्ने सम्पुर्ण टिमलाई धन्यवाद दिदै हामी निरन्तर समधानको खोजिमा छौ तपाइहरुकै साथ र सहयोग चाहिन्छ भन्दै नगर प्रमुख अधिकारि बताउनु भयो।  
साथै विभिन्न संघ सस्थाहरु बाट राहत सामाग्रीपनि आउन थालेपछि पिडितहरु थप हौसला आएको घर बिहिन ज्योतिलाल गैरेले बताउनु भयो आउदा दिनमा हामिलाई एकै ठाउमा हाम्रो जोख्लेगैरा झल्किने सुरक्षित आवास कै जरुरत छ भन्दै बिर बहादुर नेपालिले ध्यानाकर्षण गराउनु भयो। 

अन्य समाचारहरु