अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको जोख्लेगैराका पहिरो पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयले २० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
पहिरो पिडित मध्ये २३ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालयले वार्ड कार्यालयमा पुगेर रू. १५ हजार देखि २० हजारका दरले जम्मा रू ३ लाख ९५ हजार नगद र त्रिपाल उपलब्ध गराएको हो ।