अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका सामाजिक सुरक्षा भत्ता यस आर्थिक बर्ष २०७६/२०७७ को पहिलो चौमासिकबाट बैंकिङ प्रणाली मार्फत वितरण हुने भएको छ ।
छत्रदेव गाउँपालिकामा नेपाल सरकारको केन्द्रिय नीति अनुरूप सामाजिक सुरक्षा भत्ता यस आर्थिक बर्ष २०७६/२०७७ को पहिलो चौमासिकबाट बैंकिङ प्रणाली मार्फत वितरण हुने भएको हो ।
सोही नीति कार्यान्वयनको प्रयास स्वरूप छत्रदेव गाउँपालिका वार्ड नं. ६ ठूलापोखरा अन्तर्गतका सम्पुर्ण लाभग्राही साथै यसै छत्रदेव गाउँपालिकाका वार्ड नं. २ बल्कोट र वार्ड नं. ३ दुन्द्रुकका लाभग्राहीहरूको बैंकिङ कारोबार ग्लोबल आइएमई बैंक सन्धिखर्क शाखा अन्तर्गतका शाखारहित बैंकिङ मार्फत उपलब्ध गराउने गरी यसअघि नेपाल बंगलादेश बैंकसँग गरिएको सम्झौतालाई संशोधन गरिएको हो ।
सम्झौता मार्फत वार्डका सम्पुर्ण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई तुलनात्मक रूपमा थप सहजता पुग्ने गाउँपालिकाले जनाएको छ ।