शितगंगा १२ मा बिपत: कोठिया मैदानकी १६ दिनकी सुत्केरी ठाटीमा बस्न वाध्य (भिडियो सहित)
आश्विन १४ गते, २०७७ मा प्रकाशित
केशब घिमिरे
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वार्ड नम्बर १२ ठाडाको कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलमा करिव २६ घर पुर्ण रुपमा क्षति तथा अन्य १५ घर परिवार विस्तापित हुने गरि भएको प्राकृतिक प्रकोपका कारण १६ दिनकी सुत्केरी ठाटीमा बस्न वाध्य भएकी छिन् ।
ठाडाको कोठिया मैदानको जोख्ले गैरा भन्ने टोलकी १६ दिनकी सुत्केरी यतिबेला स्थानिय ठाटीमा रात काट्न वाध्य छिन् । यस्तै यहाँका बुढाबुढी – केटाकेटीको अवस्था पनि दयनिय रहेको छ ।
उता कोठिया मैदानका पहिरो पीडितहरुलाई वार्डबाट निरन्तर राहत, उद्दार लगायत सहयोग भईरहेका छन् । यसै बिच शितगंगा नगरपालिकाको वार्ड नम्बर १२ का वडाअध्यक्ष बाबुराम गैरेले कोठिया पिडितलाई राहत बितरणमा समन्वय गर्न सबैमा अनुरोध गर्नुभएको छ ।
वडाअध्यक्ष बाबुराम गैरेले अर्घाखाँचीडट्कमको के गर्दैछ स्थानीय सरकार ? कार्यक्रममा बोल्दै कोठिया पिडितलाई राहत बितरणमा समन्वय गर्न अनुरोध गर्नुभएको हो । गैरेले कोठिया पिडितलाई राहत र आर्थिक सहयोग गर्ने जिल्ला भित्र र बाहिरका संघ- संस्थाहरु लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भयो ।
जोख्लेगैरामा करिव २५ घर पुर्ण रुपमा क्षति तथा अन्य २३ घर परिवार विस्तापित हुने गरि भएको प्राकृतिक प्रकोपको भएको बेला वडाअध्यक्ष बाबुराम गैरेले पहिरो पीडितलाई राहत, स्थानान्तरणका लागि कुनै कसर बाँकी नराख्ने र निरन्तर पहल गर्ने बताउनु भयो ।
विस्तापितहरुको विवरण
राहत र आर्थिक सहयोग गर्ने जिल्ला भित्र र बाहिरका संघ- संस्थाहरु विवरण यस्तो छ: