अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाकाे काेठिया क्षेत्र र ११ सिद्धाराको ढुङ्गेसेरा क्षेत्रमा जमिन भासिएर घरबार बिहिन भएकाहरू लाई उद्योग वाणिज्य संघ र निर्माण ब्यबसायी संघले राहत प्रदान गरेको छ ।
उद्योग वाणिज्य संघले १ लाख १ हजार रुपैया नगद सहित ३१ बाेरा चामल, ६५ लिटर तेल, ७५ किलाे नुन र २५ किलाे दाल प्रदान गरेको छ ।
निर्माण ब्यबसायी संघले १ लाख १ हजार नगद सहयोग गरेको छ । नगद तथा खाद्यान्न वडा कार्यलयलाई हस्तान्तरण गरेको हाे । स्थलगत अबलोकन गरि राहत प्रदान गरेको छ ।
प्रदेश सांसद रामजी प्रसाद घिमिरे , नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कान , शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी , उपप्रमुख टीका रेश्मी, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ , नेकपाका वसन्त श्रेष्ठ , नेपाली कांग्रेसका नारायण बन्जाडे, जिल्ला अध्यक्ष युवराज श्रेष्ठ , बरिस्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल , निर्माण ब्यबसायी संघका अध्यक्ष ऋषिराम अधिकारी ,सह अध्यक्ष कासिराम बस्याल , उपाध्यक्ष बसन्त भुसाल , वडा अध्यक्ष बाबुराम गैरे, उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद भुसाल , जिवलाल बन्जाडे, जिल्ला सदस्य लक्ष्मण कंडेल, पार्वता श्रेष्ठ ,साजन अलि, रुद्र श्रेष्ठ ,पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण अाचार्य लगायतको टाेलीले स्थलगत अनुगमन गरी उक्त राहात प्रदान गरेको हाे ।
त्यसैगरी साना किसान कृषि सहकारीले १० हजार रुपैयाँ राहात प्रदान गरेको छ ।