सन्धिखर्क नगरपालिकाद्वारा कृषकहरुलाई उन्नत जातका तरकारीका बिउ बितरण गर्न शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कृषकहरुलाइ उन्नत जातका तरकारीका बिउ बितरण गर्न शुरु गरेको छ । 
कृषकहरुको मागको आधारमा ५० प्रतिशत अनुदानमा बन्दा, फुल काउली, ब्रो काउली, प्याज र केराउको बिउ बितरण गर्न शुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनु भयो ।
कृषकहरुलाई बिउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले कृषिको बिकास बिना आर्थिक समृद्धि नहुने भएकाले तरकारीको बिउ बितरण गरेको बताउनु भयो । उहाँले उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाले सहयोग गर्न कुनै कसुर बाकी नराख्ने बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले कषि पेशालाई निर्बाहमुखीबाट ब्यबसायीक बनाउन सबैलाई आग्रह गर्नु भयो । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले कृषिकाे बिकास बिना समृद्धि हुन नसक्ने भएकोले सन्धिखर्क नगरपालिकाले कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो ।
कार्यक्रम कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु