अर्घाखाँचीभरका क्वारेन्टिनमा बस्नेको संख्या बिहीवार घटेर १२० जना पुग्यो, आज ७ जना थपिए, २ जना डिस्चार्ज भए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा बिहीवारसम्म  १२०  जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १२० जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा २  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ७२ जना रहेको छ ।  
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको आईसोलेशनबाट ७ जना र मालारानी गाउँपालीकाको आईसोलेशनबाट ४ जना गरी ११ जनाले कोरोना जितेका छन् । यो सँगै अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट बिहीवारसम्म  ३८९ जनाले कोरोना जितेर घर फर्केका छन् । भने ८   जना उपचाररत छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ७७  जना, शितगंगा नगरपालिकामा ७८,   भूमिकास्थान नगरपालिकामा ११९, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।  
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ४०१  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ८१,  जना, शितगंगा नगरपालिकामा ८०,   भूमिकास्थान नगरपालिकामा १२४,     मालारानीमा ७४,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ४०१ जना संक्रमित रहेका छन् ।     
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
  
साथै बिहीवार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ७ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४६  स्थानमा ९०५ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
बिहीवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु