नेकपाको भातृ संस्था युबा संघ अर्घाखाँचीमा नयाँ जिम्मेवारी

ईश्वर बन्जाडे 
सन्धिखर्क, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँची मा नया जिम्मेवारी दिईएको छ ।  
अर्घाखाँची जिल्ला घर भइ राजनीति मार्फत समाजलाई परिवर्तन गर्न सकिन्छ भनेर दिनरात समाजमा जिल्लामा नयाँ संदेश दिदै आउनु भएका गोबिन्द भुसाल जिल्ला इन्चार्ज, जिल्ला सह इन्चार्ज सुशील भट्टराई, जिल्ला सम्योजक गोबिन्द आचार्य, जिल्ला सह सम्योजक प्रकाश खनालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको अर्घाखाँची जिल्लाको महत्त्वपूर्ण जिम्मेवारी पाउनु भएको हो ।
समाजमा हुने हरेक बेथितिको बारेमा खरो बोल्ने उहाहरुबाट  जिल्लाले केही पाउने आस गर्न सकिन्छ । विभिन्न जिम्मेवारीलाई कुशलतापुर्बक निर्बाह गरेका कारण उहाहरुले पार्टी पङ्तीको मन जुत्न सफल हुँदै जिम्मेवारी पाउनु भएको छ ।
आगामी दिनमा पनि सहि बिश्वासका साथ राजीनितिबाट समाजलाई नया सन्देश दिनुहुनेछ । उहाहरुले पाएको जिम्मेवारि सगै अब युवा संघ अर्घाखाँची खरिलो र दरिलो हुँदै  नया रूपले समाजका हरेक गलत कुरालाई र समाजिक न्यायको लागि अझै ससक्त रूपमा आगाडि जाने देखिन्छ ।

अन्य समाचारहरु