अर्घाखाँचीका ३ जना सांसदहरूले दाङमा राजधानी बनाउने पक्षमा मतदान गर्ने (सम्पूर्ण विवरण सहित)

माथिल्लो लाईनमा सांसदहरू चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे, जाल्पा भुसालतल्लो लाईनमासांसदहरूनिर्मला क्षेत्री  कल्पना पाण्डे
अर्घाखाँचीडट्कम संवाददाता
बुटवल / अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने र  नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अर्घाखाँची जिल्लाका ३ जना सांसदहरूले मतदान गर्ने भएका छन् ।
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने र र नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अर्घाखाँची जिल्लाका ३ जना प्रदेश सांसदहरू चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे, जाल्पा भुसालले मतदान गर्ने भएका हुन् ।
यस्तै प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने र  नाम लुम्बिनी राख्ने प्रस्तावको विपक्षमा प्रतिपक्षी दलहरु नेपाली कांग्रेसका  तर्फबाट अर्घाखाँची जिल्लाका प्रदेश सांसद निर्मला क्षेत्री र राष्ट्रिय जनता पार्टीकी समानुपातिकतर्फकी सांसद् कल्पना पाण्डेले मतदान गर्ने भएका छन् ।
अर्घाखाँचीमा स्वागत
उता अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकालाई छुने गरी प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्ताव पेश गरिएसँगै अर्घाखाँची जिल्लामा खुशीयाली छाएको छ।
दाङको देउखुरीमा प्रदेश ५ को स्थायी राजधानी बन्ने भएपछि अर्घाखाँची जिल्लाका शितगंगा नगरपालिका, सन्धिखर्क, भुमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी र छत्रदेव गाउँपालिकाका स्थानियबासीहरुले खुशी व्यक्त गरेका छन् ।
अर्घाखाँचीका केही थोरै जिल्लाबासीले विरोध गरेपनि शितगंगा गाउँपालिका छुने गरी दाङको देउखुरीमा प्रदेश ५ को स्थायी राजधानी हुनेमा लगभग ८५ % अर्घाखाँचीबासीको समर्थन रहेको अनुमान गरिएको छ । अर्घाखाँचीबासीले दाङको देउखुरीमा प्रदेश ५ को स्थायी राजधानी हुने समाचार आएपछि सामाजिक सन्जालमा खुशीयाली व्यक्त गरेका देखिन्छन् । यतिबेला सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर नयाँ राजधानीको चहलपहल छ ।
उता प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको शुक्रबारको निर्णयअनुसार प्रदेशको नामाकरण र अर्घाखाँचीको शितगंगा गाउँपालिका, दाङको गरुडा र राप्ती गाउँपालिकामा राजधानी रहने गरी भालुवाङमा स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुंगो लाग्नेछ ।
प्रदेश सभाको अर्को बैठक असोज १९ गते बोलाइएको छ ।

प्रदेश ५ को प्रदेश सभामा राजनीतिक दलहरु संख्या:-

 

क्र.स. दलको नाम सदस्य संख्या
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ५९
नेपाली काँग्रेस १९
संघिय समाजवादी फोरम नेपाल
राष्ट्रीय जनता पार्टी नेपाल
राष्ट्रीय जनमोर्चा पार्टी
नाम: मा.श्री कल्पना पाण्डे
जिल्ला: अर्घाखाँची
निर्वाचन क्षेत्र:
मोबाइल न.: 9866881352
नाम: मा. श्री रामजी प्रसाद घिमिरे
जिल्ला: अर्घाखाँची
निर्वाचन क्षेत्र: १(२)
मोबाइल न.: 9857061087
नाम: मा.श्री निर्मला क्षेत्री
जिल्ला: अर्घाखाँची
निर्वाचन क्षेत्र:
मोबाइल न.: 9851066843
नाम: मा.श्री जाल्पा भुसाल
जिल्ला: अर्घाखाँची
निर्वाचन क्षेत्र:
मोबाइल न.: 9843379168
नाम: मा.श्री चेत नारायण आचार्य
जिल्ला: अर्घाखाँची
निर्वाचन क्षेत्र: १(१)
मोबाइल न.: 9857028236

अन्य समाचारहरु