अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका पुन: कोरोना मुक्त भएको छ । यहाँका ४ जना संक्रमितले कोरोना जितेसँगै मालारानी गाउँपालिका पुन: कोरोना मुक्त भएको हो । यहाँ संक्रमितको संख्या ७४ पुगेको थियो । १ जनाको निधन भएको छ । भने ६३ जनाले कोरोना जितेका छन् ।
यस्तै मालारानी गाउँपालिकामा होम क्वारेन्टिनमा बस्नेको संख्या ४५ जना रहेको छ । पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिका साउन महिनामा नै कोरोना मुक्त भएका थिए ।
उता बिहीवार सन्धिखर्क नगरपालिकाको आईसोलेशनबाट ७ जना र मालारानी गाउँपालीकाको आईसोलेशनबाट ४ जना गरी ११ जनाले कोरोना जितेका छन् । यो सँगै अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट बिहीवारसम्म ३८९ जनाले कोरोना जितेर घर फर्केका छन् । भने ८ जना उपचाररत छन् । जसमा सन्धिखर्क नगरपालिकामा ७७ जना, शितगंगा नगरपालिकामा ७८, भूमिकास्थान नगरपालिकामा ११९, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ४०१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ८१, जना, शितगंगा नगरपालिकामा ८०, भूमिकास्थान नगरपालिकामा १२४, मालारानीमा ७४, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ४०१ जना संक्रमित रहेका छन् ।
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ ।
यस्तै अर्घाखाँचीमा बिहीवारसम्म १२० जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १२० जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २ घण्टामा २ जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ७२ जना रहेको छ ।
साथै बिहीवार दिउँसो ३ बजेसम्ममा २४ घण्टामा ७ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४६ स्थानमा ९०५ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् ।
बिहीवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।