अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले समयमै योजनाका कार्य सम्पन्न गर्न र असारे प्रवृत्तिलाई व्रेक गर्न जनताको सहजताको लागि प्रत्येक वार्ड कार्यक्रमबाट योजनाहरुको सम्झौता गर्ने व्यवस्था मिलाएको छ ।
वार्ड कार्यालय वाङ्लामा योजना सम्झौताको शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा सन्धिखर्क नगरका उप-प्रमुख ठाकुर कुमार वि.क. बाट जनतालाई सहज, समयको बचत,खर्चको कटौती , अनावश्यक झन्झट नहोस भन्ने हेतुले वडा कार्यालयबाट योजनाहरु सम्झौता गरिएको बताउदै योजनाहरुमा पारदर्शिता,जवाफदेहिता हुनुपर्नेमा जोड दिनु भएको थियो ।
यस्तै योजना समयमै सम्पन्न गरि काम गर्ने नगरको प्रथम वार्ड कार्यालय बनोस भन्दै शुभकामना समेत व्यक्त गर्नु भयो ।
कार्यक्रमको समापन गर्दै वडाअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वार्ड मै योजना सम्झौता भएकामा खुसि व्यक्त गर्दै योजनाहरु पारदर्शी र समयमा नै सम्पन्न हुनेमा आफु विश्वस्त भएको बताउनु भयो ।
कार्यक्रम संचालन वार्ड सचिव संगिता घिमिरेले गर्नु भयो भने कार्यक्रममा वडासदस्य उमेश अधिकारी ,हुमलाल श्रेष्ठ,शिवमाया आचार्य, लोचनादेवी सुनार लगाएत राष्ट्र सेवक कर्मचारीहरु र उपभोक्ता समितिका अध्यक्षहरुको समेत उपस्थिति थियो।