सिद्धाराको ढुङ्गेसेरा र ठाडा कोठिया मैदानका पहिरो पीडितलाई शितगंगा सेवा समाजद्वारा आर्थिक सहयोग

भक्तिराम घिमिरे / युबराज पौडेल 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।   अबिरल बर्षाको कारण अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको ढुङ्गेसेरा र १२ ठाडा कोठिया मैदानका पहिरो पीडितलाई शितगंगा सेवा समाजले आर्थिक सहयोग गरेको छ । 
शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको ढुङ्गेसेरा र १२ ठाडा कोठिया मैदानका पहिरोले बिस्तापित भएका ५१ घरपरिवारलाई शितगंगा सेवा समाजले आर्थिक सहयोग गरेको हो । 
समाजबाट पहिलो चरणको राहत स्वरुप ४० हजार सहयोग वाडअध्यक्ष बाबुराम गैरे र नगर प्रमुख सुर्य अधिकार, उपप्रमुख  टीका रेस्मिलाई संस्थाका सचिब सुन्दर आचार्य, जनक केसी, घनश्याम पराजुली मिडिया संयोजक अराज बेल्वासेको उपस्थिति  हस्तान्त्रण गरेको छ । 
यसैगरि संस्थाका सल्लाहकार   अर्जुन भुषालले रु५०००/- सहयोग गर्नुभएको छ ।
उता शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको ढुङ्गेसेरा र १२ ठाडा कोठिया मैदानका पहिरोले बिस्तापित परिवारलाई विभिन्न संघ- संस्थाबाट निरन्तर सहयोग भईरहेको छ । 

अन्य समाचारहरु