सिमलपानीमा बसाइँसराइ गरेर आउनेलाइ पाँच हजार पुरस्कार (फोटो सहित)

केशबराज ज्ञवाली 
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वार्ड नम्बर -१३ सिमलपानीमा अन्यत्रबाट बसाइँसराइ गरेर आउने बसिन्दालाइ सम्मान स्वरुप पाँच हजार रुपैया दिने निर्णय गरेको वार्ड अध्यक्ष दुर्गा बहादुर बि .सिले बताए।
अर्घाखाँचीडट्कमको के गर्दैछ स्थनिय सरकार? कार्यक्रममा कुरा गर्दै उनले तिब्र बसाइँसराइको क्रम रोक्न र आगन्तुकलाइ हौसला प्रदान गर्न यस्तो निर्णय गरिएको बताए ।यो क्षेत्रमा बस्नको लागि बाताबरण अनुकुल रहेको भन्दै बि .सि .ले प्राकृतिक सुन्दरताले भरिएको यस क्षेत्रमा जीवन यापन गर्न पनि सहज भएको दाबी गरे।
यस्तै कुरकानिको क्रममा आफू वार्डको बिकासमा कटिबद्ध भएर लगिपरेको बताउदै उनले कृषकहरुलाइ प्रोत्साहन दिनको लागि न्युनतम १५० के. जि .को खसी बोका सहकारी मार्फत बिक्रीवितरण गर्ने क्षमता भएका साथै सहकारिमा आबद्द कृषकलाइ प्रती के जि १५० रुपैया बोनस स्वरुप ,न्युतम ३ रोपनी भन्दा बढी जग्गामा कागती तथा केरा खेती गर्नेलाइ प्रती बर्ष ५००० रुपैयाँ रागा कृषकलाइ दानाको लागि पाँच हजार ,दिने योजना भएको बताए ।
यस्तै आजको दिनसम्म आफ्नो वार्ड कोरोना मुक्त पनि रहेको अधक्षले बताए।
सिमलपानोको थाप्ले बारिमा औद्योगिक ग्राम ,भेडमारे सिमलपानी हुँदै पावर बाट कपिलवस्तुको जितपुर जोड्ने सडक निर्माण कार्य निरन्तर रहेको पनि उनको भनाइ छ।

अन्य समाचारहरु