केशबराज ज्ञवाली
ठाडा अमराई, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वार्ड न .४ अमराईमा खुलेको कापी उद्योग अर्घाखाँची जिल्ला कै पहिलो कापी उद्योग हो।
सुर्खेतका कृष्ण पुन अर्घाखाँचीमा बसाइँसराइ गरेर कापी उधोग सन्चालन गरेका हुन। नेपाली सेनामा सात बर्ष जागिर गरेर यु. ए .इ. गएका उनी यु .ए. इ . पनि सात बर्ष नै स्पेशल फोर्समा जागिर गरि नेपालमानै केही गर्नु पर्छ भनेर फर्किएको उनले बताए ।
२०७६-३-२३ गतेदेखि संचालनमा आएको शितगङ्गा कापी उद्योगमा हाल ३ थरिका जस्तै कटिङ ,फोल्डिङ र स्टिचिङ गर्ने मेशिनहरु छन।यी मेशिनहरुको प्रती घन्टा ५ देखि ८ हजर कागज हरु तयार गर्ने क्षमता रहेको छ। यी मेशिन हरु भारतबाट ल्याएको पुनले बताए।
गुणस्तरीय उत्पादन र सेवा दिनु आफ्नो उदेश्य रहेको बताउदै पुनले आफूले नाफा भन्दा पनि उत्पादनको गुणस्तरतामा ध्यन दिने गरेको बताए।
उद्योगलाई आबस्यक कच्चापदार्थ बुटवल बाट ल्याउने गरेको बताउदै उनले हाल आफ्नो उत्पादन ठाडा अमराइ बजारमा खपत भएको र भोलिका दिनमा पूरा जिल्लामा सेव दिन तयारी गर्दै गरेको बताए ।
यस उद्योगले सामान्य अबस्थामा ५ देखि ६ जना सम्मलाइ रोजगारी दिएको संचालक पुनले बताए । शितगङ्गा कापी उद्योग ठाडा अमराइ देखि जुकेना जाने बाटो तर्फ अबस्थित छ।