देशभर २२ सय ५३ जना नयाँ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा देशभर २२ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । 
यो अवधिमा १२ हजार सात सय ८४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ८६ हजार आठ सय २३ पुगेको छ ।
आज १३ सय २९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ६४ हजार ६९ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । 
हाल सक्रिय संक्रमितको संख्या भने २२ हजार दुई सय १९ छ ।
संक्रमित निको हुने दर ७३.७ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 
संस्थागत आइसोलेनमा १० हजार तीन सय २६ र होम आइसोलेसनमा ११ हजार आठ सय ९३ जना रहेको मन्त्रालयले जनाएको छ । नयाँ पत्रिकामा समाचार छ ।