वाङ्लामा गाईभैसी सुत्केरी भत्ता वितरण कार्यक्रम सुभारम्भ

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं-४ वाङ्लामा गाईभैसी सुत्केरी भत्ता वितरण कार्यक्रम सुभारम्भ गरिएको छ । 
वाङ्लामा एक कार्यक्रमका बिच आज आईतबार गाईभैसी सुत्केरी भत्ता वितरण कार्यक्रम सुभारम्भ गरिएको हो । 
कार्यक्रम पशुशाखा प्रमुख नारायण प्रसाद खनालले संचालन गर्नु भएको थियो ।  कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै गाईभैंसीको लागि मिटामिन,क्याल्सियम,प्रोटिन जन्य पदार्थको अभावलाई पुर्ती गरि दूध उत्पादनमा वृद्ध गरि कृषकको अायअार्जनमा बढावा दिने समयमै वाली जाने दूध उत्पादन बढाउने पाडा-पाडी छिटो हुर्केने कुरा बताउनु भयो। 
कार्यक्रम वडाअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले कृषकलाई रकम हस्तान्तरण गरि सुभारम्भ गरिएको थियो । 
कार्यक्रममा वडासदस्य उमेश अधिकारी, हुमलाल श्रेष्ठ , वार्ड सचिव संगिता घिमिरे, पशुशाखा प्रविधिहरु वुद्वि गौतम, प्रदिव आचार्य , पशु पालक कृषकहरुको उपस्थितिमा कार्यक्रम सुभारम्भ भएको थियोे ।

अन्य समाचारहरु