अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर ४,५ वाङ्ला र ११, १२ डिभर्नामा ज्येष्ठ नागरिकहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा नगर उप्रमुख ठाकुर कुमार बिकले ज्येष्ठ नागरिकहरु ज्ञान र अनुभबको खानी भएको बताउनु भएको छ ।
ज्येष्ठ नागरिकहरुको सम्मानमा सन्धिखर्क नगरपालिका वार्ड नम्वर ४,५,११ र १२ मा भएका छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख बिकले ज्येष्ठ नागरिहरु समाजको गहना भएको बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकहरुको हक र हितमा सन्धिखर्क नगरपालिका रहेको बताउदै उहाँहरुलाई दिनु पर्ने सेवा सुविधा दिन आफुहरु सधै भर अग्रसर भएको जानकारी दिनुभयो ।
सन्धिखर्क नगरपालिका वार्ड नम्वर ४ मा भएको कार्यक्रम कार्यपालिका सदस्य पद्मा भुसालको अध्यक्षतामा सम्पन्न भएको हो । तुलसा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियार, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, जिल्ला सदस्य बसन्त श्रेष्ठ, समाजसेवी शिब अधिकारी, कृष्ण प्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो ।
वार्ड नम्वर ४ मा भएको कार्यक्रम वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम वडा सदस्य उमेश अधिकारीको स्वागत मन्तब्य र बेलकुमारी परियारको सञ्चालनमा सम्पन्न भएको हो ।
वार्ड नम्वर १२ मा भएको कार्यक्रम कार्यबहाक वडा अध्यक्ष बाबुराम बस्यालको अध्यक्षता, वडा सचिव अनन्तमणि पोख्रेलको सञ्चालन र कार्यपालिका सदस्य हिमकला टमाटाको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।
वार्ड नम्वर ११ मा भएको कार्यक्रम वडा अध्यक्ष ध्रुब आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।