अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क र चुत्राबेसीमा प्रहरीको आत्महत्या रोकथाम, चेतना अभियान र प्रयास १५ दिने अभियान अन्तरगत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अनुसार “आत्महत्या रोकथाम, चेतना अभियान र प्रयास” १५ दिने अभियान अन्तर्गत जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं. १ सन्धिखर्क र २ चुत्राबेसीमा प्र.स.नि. ईश्वरी खनालको कमाण्डमा खटिएको प्रहरी टोलीले जनचेतना मुलक प्लेकार्ड सहित बजार परिक्रमा गरी सर्वसाधारणलाई आत्महत्या रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षण दिईएको हो ।