अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का सहित १३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४२० पुग्यो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँचीमा रास्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।उहाँ सहित जिल्लामा प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकी उहाँका चालक शुरक्षा कर्मी , जिल्ला स्थित रामबाण दल गुल्म का गुल्मपती अशोक कुमार थापा क्षेत्री , रेड्क्रस शाखाका जिल्ला सभापती कुशल भुसाल ,अर्घाखाँची अस्पताल का डा. जगदीश शर्मा सन्धीखर्क नगरपालिका कि कर्मचारी भावना खनाल लगाएत रहेका छन् ।   
यहि आस्बिन ६ गते देखि परेको अबिरल बर्षा को कारण जिल्लाको विभिन्न ठाउँमा भएको बिपद ब्याबस्थापन राहत उद्वार र पुनर्स्थापना मा सग सगै खटिएकै बेला यश अघि जिल्ला का प्रमुख जिल्ला अधिकारी लगायत ७ जनामा संक्रमण पुष्टि भै सकेको थियोे त्यस्को २ दिन पछाडि पठाइएको स्वाब परिक्षण मा पुन १३ जना मा संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा ले जनाएको अर्घाखाँची अस्पताल का प्रमुख डा. कपिल गौतमले बताएका छन् ।   
 यो सँगै जिल्लामा संक्रमितको संख्या ४२०   जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ८७,  जना, शितगंगा नगरपालिकामा ८०,   भूमिकास्थान नगरपालिकामा १२४,     मालारानीमा ७४,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ४२० जना संक्रमित रहेका छन् ।     
जिल्लाको भुमिकास्थान नगरपालीकाको आईसोलेशनबाट शनिबार ३ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।  यो सँगै अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट बिहीवारसम्म  ३९२ जनाले कोरोना जितेर घर फर्केका छन् । भने ११   जना उपचाररत छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ७७  जना, शितगंगा नगरपालिकामा ७८,   भूमिकास्थान नगरपालिकामा १२२, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । 
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
यस्तै अर्घाखाँचीमा शनिबारसम्म  १२२  जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले १२२ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा ८  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या ७३ जना रहेको छ ।   
  
साथै शनिबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ९ जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४६  स्थानमा ९०५ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
शनिबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ११ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु