ठाडा र नरपानीमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण दिई मास्क वितरण गर्दै प्रहरी

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नगरपालिका वार्ड नं. ६ नरपानी र शितगंगा नगरपालिका वार्ड नं. ३ ठाडामा प्रहरीको सवारी दुर्घटना न्युनिकरण र ट्राफिक ब्यबस्थापन प्रशिक्षण तथा मास्क बितरण कार्यक्रम सम्पन्न भएको छ । 
 ५ नं. प्रदेश प्रहरी कार्यालयको दाङको  आदेशानुसार सवारी दुर्घटना न्युनिकरण र प्रभावकारी ट्राफिक ब्यबस्थापन गरी सुरक्षित यात्रा अभियान (Safe Journey Campaign)अन्तरगत आज सोमबार सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी स्थित प्रहरी चौकी नरपानीसंग संयुक्त, शितगंगा नगरपालिका वार्ड नं. ३ ठाडा स्थित ईलाका प्रहरी कार्यालय ठाडाको संयुक्त आयोजनामा सवारी दुर्घटना हुनुको मुख्य कारण, सवारी दुर्घटनाबाट कसरी बच्न सकिन्छ, सुरक्षित र सह यात्राको लागी पालना गर्नु पर्ने नियम , सवारी दुर्घटना न्युनिकरण र ट्राफिक ब्यबस्थापनमा चालक सह-चालक भुमिका , कोरोना भाईरस COVID 19 बाट कसरी सुरक्षित हुने सम्बन्धमा सडकमै प्रशिक्षण दिई मास्क बितरण गरीएको हो ।
सवारी साधन चेकजाँचको क्रममा चालक ,सह-चालक गरी २ पटकमा ४५ जनालाई प्रशिक्षण दिई मास्क बितरण गरिएको थियो । 

अन्य समाचारहरु