शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची / असौज १९ । राष्ट्रिय सभाका सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता चन्द्रबहादुर खड्का उज्ज्वलको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
नेपालमा कोरोना संक्रमण देखिए सँगै जिल्ला बासीलाई कसरी कोरोना संक्रमण बाट बचाउन सकिन्छ भनी निरन्तर काममा खट्नु भएका उहाँ जनताको सेवामा समर्पित रहेकै अबस्थामा कोरोना संक्रमित हुनुभएको हो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।
काठमाडौं रहनु भएका सांसद खड्काले लकडाउन सुरु भए सँगै जिल्लामा आएर व्यबस्थित क्वारेन्टाइन बनाउने , आईसोलेसन कक्ष निर्माण गर्ने , जिल्लाका स्वास्थ्य संस्थाहरू व्यवस्थित गर्ने,स्वास्थ्य संस्थामा औसधि र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने,लकडाउनको समयमा गरिब तथा विपन्न परिवारलाई खाद्यान्नको जोहो गर्ने लगायतका काममा निरन्तर खट्नु भएको थियो । उहाँले स्वास्थ्यका मापदण्ड पूरा गर्न निरन्तर जिल्ला बासी लाई आग्रह गर्नुका साथै अटेरी गरेर हिड्ने युवाहरू लाई पटक पटक संझाउने समेत गर्नु हुन्थ्यो ।
नेता खड्काले जिल्ला अस्पतालमा आईसिउ कक्ष तथा केही भेन्टिलेटर राख्नुपर्ने भन्दै लबिङ गरिरहनु भएको थियो ।
पछिल्लो पटक प्राकृतिक प्रकोपका कारण घर वास गुमाएर बिचल्लीमा परेका शीतगंगा १२ कोठीया मैदान र सन्धिखर्क ७ भुजुङ्गेका स्थानीय बासिन्दाको तत्कालीन राहत तथा भविष्यको लागि सुरक्षित आबास निर्माणको निम्ति उहाँ जनताको घर आगनमा पुग्नु भएको थियो । पहिरोका कारण घरबास गुमाएका जिल्लाका दर्जनौं परिवार नेता खड्काले देखाउनु भएको सहानुभूति र सहयोग बाट निक्कै खुसि भए । भविष्यमा सुरक्षित आवासको व्यवस्था हुनेमा उनिहरु ढुक्क थिए ।
जिल्ला बासि पनि जस्तो सुकै दु:ख पनि नेता खड्का लगायतको सहयोग बाट सहजै निराकरण हुनेमा बिस्वस्त थिए । तर बिडम्वना जिल्ला बासिको आसा र भरोसाको केन्द्र नेता खड्का कोरोना भाईरस बाट संक्रमित हुनुभएको छ । उहाँ कोरोना संक्रमित भए पछि जिल्लाका बासिन्दा निक्कै दु:खि तथा चिन्तित भएका छन् । उनिहरुले सामाजिक संजाल फेसबुक बाट उहाँको स्वास्थ्य लाभको कामना गर्नुका साथै टेलिफोन बाट स्वास्थ्य अबस्था बारे जानकारी लिई रहेका छन् ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले राष्ट्रिय सभाका सदस्य तथा आफ्नो पार्टीका नेता चन्द्रबहादुर खड्का उज्ज्वल कोरोना भाईसर बाट संक्रमित हुनुभएको खबरले आफु अत्यन्तै दुखि एवं चिन्तित भएको बताउनुभएको छ । उहाँले दिनरात नभनी जनताको सेवामा समर्पित नेता खड्काले बिगतमा थुप्रै खाले चुनौतीहरु पार गरी सक्नु भएको भन्दै कोरोना लाई पनि सहजै परास्त गर्नेमा आफु बिस्वस्त रहेको बताउनुभयो ।
प्रदेश सभाका सदस्य समेत रहनु भएका र प्रदेश बैठकमा बुटवल रहनु भएका अध्यक्ष आचार्यले टेलिफोन बाट नेता खड्काको स्वास्थ्य अबस्था बारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ ।
जिबनमा थुप्रै आरोह र अबरोह पार गरि सक्नु भएका उच्च मनोबलका धनी उहाँले कोरोना संगको लडाइँ पनि सजिलै जित्नु हुने छ ।
राष्ट्रिय सभाका सदस्य खड्काले आफ्नो स्वास्थ्य प्रति चासो र चिन्ता राख्नुहुने महानुभावहरु प्रति धन्यावाद ज्ञापन गर्दै आफुमा हाल सम्म कुनै पनि लक्ष्यण नदेखिएको बताउनुभएको छ । आफ्नो सम्पर्कमा रहनुभएका महानुभावहरु लाई सुरक्षित तबरले रहन अनुरोध गर्दै उहाँले छिटोभन्दा छिटो कोरोना संक्रमण लाई जितेर जनसेवामा फर्कने भन्दै कुनै चिन्ता नलिन पार्टी पङ्ती र आम जिल्लावासी लाई अग्रह समेत गर्नुभएको छ । केहिदिन भौतिक रुपमा जनता बीच पुग्न असमर्थ भए पनि टेलिफोन सम्पर्क बाट निरन्तर काममा खट्ने उहाँको भनाइ छ ।
हाल वहाँ सेल्फ आइसोलेसनमा घरमै रहनु भएको छ ।