अर्घाखाँची अस्पताल अनिश्चिकालका लागि बन्द

श्याम घिमिरे
असोज १९ अर्घाखाँची – अर्घाखाँची अस्पतालमा कार्यरत चिकित्सक तथा केही स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि अर्घाखाँची अस्पतालका इमरर्जेन्सी र प्रसुती सेवा बाहेक सम्पुर्ण सेवा बन्द भएका छन् । 
सोमवार चिकित्सक सहित केही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा इमर्जेन्सी र प्रसुति सेवा बाहेकका अन्य सबै सेवा बन्द गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभएको छ ।
चिकित्सक र अन्य सरोकारवालाहरुसँगको बैठक अनुसार सेवाग्रहाहीहरुको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गदै स्वाव संकलन गरी पठाए पश्चात रिपोर्ट नआउँदा सम्मको लागि अस्पतालका इमरर्जेन्सी र प्रसुती सेवा बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको अस्पतालद्धारा जारी सुचनामा उल्लेख गरीएको छ ।

अन्य समाचारहरु