शितगङ्गा -५ जुकेनाका वडाअध्यक्ष कमल पौडेल कोठाभाडामा बसेर जनसेवा गर्दै
आश्विन १९ गते, २०७७ मा प्रकाशित
केशबराज ज्ञवाली
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वार्ड नम्बर -५ जुकेनाका वार्ड अध्यक्ष कमल पौडेल एउटा कोठामा परिबारसँग टाडा बसेर जनताको सेवा गरिरहेका छन् ।
धेरै जसो जनप्रतिनिधि सुबिधासम्पन्न घरमा बसेको देख्न पाइने यो देशमा ऊनी एक नमुना पात्र हुन् । आफू सेवाको लागि जन्मिएको बताउने उनले आफ्नो कोरियन साथीलाई अनुरोध गरि गाउँमा एम्बुलेन्स ल्याएको अर्घाखाँचीडट्कमसंगको भेटमा बताए ।
यस्तै बिपन्न बिद्यार्थीहरुलाइ आर्थिक अभावको कारण पठनपाठनमा अबरोध नआओस भन्ने हेतुले १० जना बिद्यार्थीलाई मासिक १००० का दरले आफ्नो पकेटबाट राहत दिएको उनले बताए ।
आफुलाइ चाहिने सम्पति आफ्नो पसिनाले कमाएको बताउदै उनले भ्रष्टाचारको गन्ध आउन नफिएको दाबी गरे। राम्रो काम गर्नेको खुट्टा तान्ने प्रबृत्ति देशमा हाबी भएको बताउदै उनले आफ्नो पछाडि पनि केही गिरोहले खुट्टा तान्ने कोशिस गरिरहेको बताए ।
आफू जनताको सेवाको लागिनै बृद्धअबश्थाका बुबा र परिबार छोडेर कोठामा बसि जनसेवामा ब्यस्त भएको बताउदै उनले स्वास्थ भबन पनि निर्माण भैरहेको बताए ।