अर्घाखाँचीडट्कम संवाददाता
खिदिम, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिमको भुसालडाँडामा होम क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।
खिदिमको भुसालडाँडामा भारतको पन्जावबाट आएर होम क्वारेन्टिनमा बसेकी ५३ वर्षिया धनकुमारी भुसालको हिजो सोमबार बिहान मृत्यु भएको हो ।
भुसाल गत असोज १३ गते भारतको पन्जावबाट आएकी थिईन् । शब अहिले घटनास्थलमा रहेको छ । पिसिआर परिक्षणको लागि स्वाव पठाइएको छ ।
उनीलाई प्रेसर र एलर्जी समेत रहेको प्रहरीले बताएको छ ।