किमडाँडामा वार्ड कार्यालयमै गएर नगरपालिकाको योजना सम्झौता

सुर्य भुसाल  
किमडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर ८  किमडाँडामा वार्ड कार्यालयमै गएर योजना सम्झौता गरिएको छ ।
वार्ड कार्यालयमा  योजनाहरुको सम्झौता गरिएको  वडाअध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनु भयो ।
 
योजना सम्झौताको उद्घाटन गर्दै नगर प्रमुख कमल प्रसाद भुसालले उपभोक्ता समितिलाई नगरपालिकामा योजना सम्झौता गर्न जान झन्झट र अफ्ठेरो हुने भएपछि वार्ड कार्यालयमा पुगेर योजना सम्झौता गरिएकोे बताउनु भयो । उहाँले जनतालाई छिटो, छरितो तवरबाट गुणस्तरीय सेवा प्रबाह गर्न नगरपालिका लागि परेको बताउनु भएको छ ।
वडाअध्यक्ष ईश्वरीप्रसाद भुसालको  अध्यक्षता र वडासदस्य देवि थापा भुसालको सन्चालन  नगरपालिकाका इन्जिनीयर प्रमोद केसी, नगरसभा सदस्य नारायण अर्याल कमल पराजुली  अधिकृत छैटौं जिबनारायण आचार्य  योजना शाखाका नारायण पोख्रेल, लगाएतका कर्मचारीहरुक‍ो सहभागीतामा भएको कार्यक्रममा उपभोक्ता समितिका अध्यक्षहरुलाई योजना सम्झौता गरि हस्तान्तरण गरिएको हो ।

अन्य समाचारहरु