अर्घाखाँचीमा विवेकशील नेपाली दलद्धारा १९ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन

सागर बेल्बासे
सन्धिखर्क, अर्घाखाँची   (अर्घाखाँचीडट्कम)  ।  विवेकशील नेपाली दल अर्घाखाँचीकाे बुधबार अनलाइन प्लाटफम जुमबाट १९ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको छ ।
विभिन्न सामाजिक संस्थामा अवद्द तथा सामाजिक अभियान्ता २१ बर्षिया आशिका पाेख्रेल(गाेमा) काे अध्यक्षतामा गठित सचिवालयमा उपाध्यक्षद्वय केशव पाण्डे ,  सचिव पदमा सुरज भुसाल ,कोषाध्यक्ष पदमा कुसुम घिमिरे र स-सचिवमा पदमा नरेन्द्र खनाल  रहेका छन् ।
यस्तै, सचिवालय सदस्यहरु सागर बेल्बासे,पदम महत, सुशील पाैडेल, खिमलाल पाण्डे, जनक पाण्डे , दामोदर घिमिरे,रमेश पाण्डे, बिष्णु महत,विष्णु पाण्डे, रविन साह, रिषि सापकोटा, राेशन खनाल , विनोद खत्रि, देवराज भट्टराई रहेका छन् ।
विवेकशील नेपाली दलले सहभागितामुलक लोकतन्त्रको अभ्यास गर्दै छिट्टै प्रदेश सम्मेलन गर्दैछ।
साथै अर्घाखाँची छ वटै स्थानीय तहमा  स्थानीय कमिटी  कमिटी गठन गरि जिल्लाका  ६१ वटा सङ्गठन विस्तार गर्न  विवेकशील नेपाली अर्घाखाँचीले जनाएको छ।