शितगंगा नगरपालिका पनि कोरोना मुक्त, संक्रमितको संख्या शुन्य (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका कोरोना मुक्त भएको छ । यहाँ ८० संक्रमित मध्ये ७८ जना कोरोना जितेर घर फर्केका छन् । भने २ जनाको निधन भएको छ । शितगंगामा क्वारेन्टिनमा अहिले १९ जना रहेका छन् ।   यसअघि मालारानी, छत्रदेव र पाणिनी गाउँपालिका कोरोना मुक्त भएका थिए । 
उता अर्घाखाँची जिल्लामा विहिबार विभिन्न क्वारेन्टिनबाट १३१ जना डिस्चार्ज भएका छन् ।   अर्घाखाँचीमा बिहीवारसम्म  २१   जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले २१ जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा १३१  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या २०५ जना रहेको छ ।    
अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ४४१   जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १२१  जना, शितगंगा नगरपालिकामा ८०,   भूमिकास्थान नगरपालिकामा १२४,     मालारानीमा ७४,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ४४१ जना संक्रमित रहेका छन् ।     
अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट बिहीवारसम्म  ३९२ जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ७७  जना, शितगंगा नगरपालिकामा ७८,   भूमिकास्थान नगरपालिकामा १२२, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । भने ४५   जना उपचाररत छन् ।  
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
  
साथै बिहीवार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ४६  स्थानमा ९२५ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
बिहीवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ४५ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।