अर्घाखाँचीमा जिल्ला हुलाक कार्यालयले विश्व हुलाक दिवस मनायो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला हुलाक कार्यालय अर्घाखाँचीले विश्व हुलाक दिवस मनाएको छ । 
जिल्ला हुलाक कार्यालय अर्घाखाँचीले विश्व हुलाक दिवसकाे अवसरमा पहिलाे आउने सेवाग्राहीलाई सम्मान गरेको थियो । 
आज विश्व हुलाक दिवस । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।
विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो ।