अर्घाखाँची जिल्ला अस्पतालमा १९ जनामा कोरोना पोजिटिभ देखिएपछि सम्पुर्ण सेवा बन्द

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालमा कार्यरत १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि अर्घाखाँची अस्पतालका इमरर्जेन्सी सेवा बाहेक सम्पुर्ण सेवा बन्द भएका छन् । 
बिहीवार फेरि चिकित्सक सहित केही स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा इमर्जेन्सी बाहेक अन्य सबै सेवा बन्द गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभएको छ ।
चिकित्सक र अन्य सरोकारवालाहरुसँगको बैठक अनुसार सेवाग्रहाहीहरुको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गदै स्वाव संकलन गरी पठाए पश्चात रिपोर्ट नआउँदा सम्मको लागि अस्पतालका इमरर्जेन्सी बाहेक सम्पुर्ण सेवा बन्द गरिएको अस्पतालद्धारा जारी सुचनामा उल्लेख गरीएको छ ।