अर्घाखाँचीमा सामाजिक सेवा सँगै गुणस्तरीय काम गर्दै निर्माण व्यवसायी तथा शिक्षा प्रेमी नारायण पौडेल

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ निबासि समाजसेवि शिक्षा प्रेमी नारायण पौडेल आफ्नो ब्यबसाय लाई गुणस्तरीयता दिदै जन्ताको काम र सामाजिक सेवामा ब्यस्त छन् ।
किमडाँडाका बिभिन्न संघ संस्था तथा जिल्लाका सामाजिक संघ संस्थाहरुमा आबद्द पौडेलले लकडाउनका बेला   मात्रै नभई जतिबेला पनि  अति बिपतमा परेका तथा चुलो बाल्न नसकेका गरिव दुखिहरुलाई आर्थिक सहयोग बिभिन्न सामाजिक  क्षेत्रमा समेत सहयोग गरिराख्नु भएको छ ।
लामो समयसम्म जनता कृष्ण माध्यमिक बिधालयको अध्यक्ष बनेर बिधालयको शैक्षिक बिकासमा महत्त्वपूर्ण भुमिका निर्भाहा गरेका पौडेलको कार्यकालमा नै जनता कृष्ण माध्यमिक बिधालयमा प्राबिधिक शिक्षा कृर्षि बिषय सुरु भएको हो । यो नमुना बिधालय हो जहाँ भेटनरी जेटिए पढाई भएपछि अर्घाखाँचीका धेरै ठाउँका ब्यक्तिहरु त्यहाँ प्राबिधिक शिक्षा अध्यान गर्न आउने गर्छन बिधालयलाई यस्तो गुणस्तरीय बनाउन र नमुना बनाउन पुर्व प्रअ तथा बर्तमान वार्ड अध्यक्ष ईश्वरीप्रसाद भुसाल र विधालय ब्यबस्थापन समितिका तत्कालीन अध्यक्ष नारायण पौडेल शैक्षिक क्षेत्रमा  ठुलो भुमिका र ठुलो हात भएको स्थानिय ब्यक्तिहरु बताउछन   ।
वार्ड नम्बर ८ का अध्यक्ष तथा पुर्व सोही बिधालयका प्रअ ईश्वरीप्रसाद भुसाल सहितका जनप्रतिनिधिहरु र बिधालय ब्यबस्थापन समितिका तत्कालनिन अध्यक्ष नारायण पौडेलको बिशेष पहलमा प्राबिधिक शिक्षा शुरु हुनुको साथै बिधालयको भौतिक सरचना पुर्ण रुपमा फेरिएको थियोे ।
लुम्बिनी निर्माण सेवाका सन्चालक समेत रहेका सालिन भद्र स्वभाबका पौडेल कम बोल्ने काम धेरै गर्ने बोलेको कुरा पुरा गर्ने अर्घाखाँची का चर्चित निर्माण ब्यबसायी हुन ।  पौडेलको पहलमा किमडाँडामा सामुदायिक पुस्तकालय अध्यानकेन्द्र स्थापना भएको छ । जसको अध्यक्ष पौडेल छन् ।  पुस्तकालयमा १ जना कर्मचारीले रोजगारी पाएका छन ।  जुन किमडाँडाको बजार पकलेमा स्थापना गरिएको छ ।  पुस्तकालयमा २५ सय भन्दा धेरै पुस्तकहरु छन. भने ईन्टरनेट सेवा निशुल्क गरिएको छ। जहाँबाट किमडाँडाबासीहहरुले फोटोकपी कम्प्युटर सेवा लिने गरेको अध्यक्ष पौडेल बताउछन ।
उनले राम्रो गुणस्तरीय काम गर्ने निर्माण ब्यबसायीको सुचिमा पर्छन र अहिले पनि उनले गरेका काम निकै गुणस्तरीय छन । सामाजिक काम गर्न निकै मन पराउने पौडेल अहिले पनि स्थानिय जनताको सेवा गर्ने भएको कारण सबैले सुख दुखमा पौडेललाई खोज्ने गर्छन पौडेल वार्ड नम्बर ८ का  समाजिक अभियान्ता हुन । 
गुणस्तरीय काम गरेर नमुना निर्माण ब्यबसायी बनेका पौडेलले धेरै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन । भने उनी त्यहाँ रहेका धेरै संघ संस्थामा आबद्द छन हाल खानेपानी समितिमा पनि पौडेलले सक्रियता पुर्वक काम गरि रहेका छन । आगामी दिनमा पनि राजनीति भन्दा सामाजिक काम गरेर बस्ने उनको सोच छ ।