अर्घाखाँचीभरका क्वारेन्टिनमा बस्नेको संख्या घटेर २० जना पुग्यो, शनिबार १ जना डिस्चार्ज(सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा शनिबारसम्म  २० जना बिभिन्न क्वारेन्टिनमा रहेका छन् । गत जेठ महिनासम्म क्वारेन्टाईनमा बस्नेको संख्या झन्डै ६ हजार पुगेको थियो भने अहिले भारतबाट आउनेको संख्या कमी तथा दैनिक डिस्चार्ज हुनेको संख्यामा बृद्धि हुँदा अहिले २० जना भएको हो । यस्तै जिल्लाका बिभिन्न क्वारेन्टाईनबाट २४ घण्टामा १  जना डिस्चार्ज भएका छन् । यस्तै होम क्वारेन्टिनमा बस्नेको संख्या २०१ जना रहेको छ ।   
सन्धिखर्कमा शनिबार ४ जना कोरोना जितेर घर फर्केका छन् । अर्घाखाँची जिल्लाका विभिन्न आईसोलेशनबाट  शनिबारसम्म  ३९६ जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ८१  जना, शितगंगा नगरपालिकामा ७८,   भूमिकास्थान नगरपालिकामा १२२, मालारानीमा ७३, पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् । भने ८६   जना उपचाररत छन् ।   
शनिबार सन्धिखर्क नगरपालिकाका २९ र शितगंगा नगरपालिकाका ५ जना गरी थप ३४ जनामा कोराना पुष्टी भएको छ ।  
योसंगै अर्घाखाँची जिल्लामा संक्रमितको संख्या ४८६     जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १६१  जना, शितगंगा नगरपालिकामा ८५,   भूमिकास्थान नगरपालिकामा १२४,     मालारानीमा ७४,  पाणिनी गाउँपालिकामा १४ र छत्रदेव गाउँपालिकामा २८ जना गरि अर्घाखाँचीमा हालसम्म ४८६ जना संक्रमित रहेका छन् ।     
  
जिल्लामा अहिलेसम्म कोरोनाका कारण ४ जनाको निधन भएको छ । 
  
साथै शनिबार दिउँसो ३ बजेसम्ममा २४  घण्टामा ० जना बिभिन्न क्वारेन्टिनमा भित्रिएका छन् । अर्घाखाँचीका ६ वटा स्थानिय ३६  स्थानमा ८९२ वटा बेड सहितको क्वारेन्टिन स्थापना गरि भारत लगायतका ठाउँबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर परिक्षणमा रिर्पोट पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने गरेका छन् । 
शनिबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ८६  जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।