पाणिनी कृषि तथा पशुपालन स्वरोज़गार फर्ममा लाखौको अण्डा उत्पादन
आश्विन २५ गते, २०७७ मा प्रकाशित
डिआरजी सुमन
पटौटी,अर्घाखाँची,(अर्घाखाँची डटकम् , व्युरो रिपोर्ट) । नेपालमा सामान्यतः डिग्रिको प्रमाण पत्र हाँसिलगरेपछि विभिन्न आयोग लड्ने,आफ्नो अनुकूल जागीर खोज्ने अथवा कोरिया, जापान, वेलायत, अष्ट्रेलिया, अमेरिकी मुलुक तीर जाने लहर चल्ने गर्दछ ।
यसैमाथी कम्युटरप्रविधिमा राम्रो दक्षता हुदाहुदै कुनैयुवा गाँउमै फर्किएर कृषिमा सफलता छ भनेर लाग्नु निश्चित रुपमाआश्चर्यजनक लाग्न सक्छ तर यसैको एक उदाहरण वनेका छन अर्घाखाँची जिल्ला पाणिनी गाँउपालिका वडा नं ४ गौडादिप पटौटीमा संचालित पाणिनी कृषि तथा पशुपालन स्वरोज़गार फर्ममाप्रोप्राईटर कृष्ण गैरे ।
आठ वर्ष मुम्बईमा कम्प्यूटर शिक्षा लिए,दश वर्ष वुटवलमा कम्प्यूटर क्षेत्रमै काम गरे,यता मास्टर डिग्रीहासिल गरेको छु तर पनि म कृषि पेसामै सफलता छ भन्ने महसुस गरी गाँउ फर्किएको हुँ । मलाईकुनैपनि काम गर्न सहज छैन भन्ने कुरा राम्ररी थाहा छ । आज मेरो फ़र्ममा पाँच हज़ार कुखुरा छन अण्डा उत्पादन राम्रो भएको छ म सन्तुष्ट छु तर स्थानीय निकायले कृषक लक्षित कुनैपनि ठोस योजनार कृषिमा प्रभावकारी लगानी नगर्नु दुखद छ ।
कुनै निकायदेखी मैले आज सम्म केही पनि पाईएको छैन। व्यावसायिक कृषकको लागी स्थानीय सरकारले उचित मूल्याँकन गरे राम्रो हुने थियो उहाको भनाईछ ।