अर्घाखाँची जिल्ला अस्पतालका सम्पूर्ण सेवा भोली सोमबारबाट खुल्ने, स्वास्थ्यकर्मी सबैको कोरोना रिपोर्ट नेगेटिभ आयो

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा कार्यरत १९ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि बन्द भएको  अर्घाखाँची अस्पताल भोली सोमबारबाट खुल्ने भएको छ । 
अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतम सहित ६२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालका सम्पूर्ण सेवा सोमबारबाट खुल्ने भएका हुन् ।  जसमा डा. गाैतम सहित अस्पतालका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालयकामा कार्यरत ४८ जना रहेका छन् । 
गत असोज २३ गते ६३ जनाको स्वाव बुटवल पठाइएको थियो । 
गत असोज २३ गते शुक्रबारदेखि नै सेवाग्रहाहीहरुको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गदै अस्पतालका इमरर्जेन्सी सेवा बाहेक सम्पुर्ण सेवा बन्द भएका थिए ।