अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अपाङ्गहरुलाई व्हीलचियर वितरण कार्यक्रम सम्पन्न भएको छ ।
व्हीलचियर फाउण्डेसन युएसए र उम हङ जिल ह्युमन फाउण्डेसन कोरियाले उपलब्ध गराएका ७ थान व्हीलचियर सन्धिखर्कका अपाङ्गहरुलाई निशुल्क वितरण गरिएको हो ।
व्हीलचियर श्रृजनशिल अपाङ्ग विकास केन्द्र अर्घाखाँची र निर्मल नवज्योती सुस्तमनस्थिति बिद्यालयको संयोजनमा सात जनालाई ह्वील चियर बितरण गरिएको थियो ।