ठाडाको कोठिया मैदानका पहिरो पीडितलाई टोप बहादुर रायमाझीद्वारा टेन्ट बितरण (भिडियो र फोटो सहित)
आश्विन २५ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको कोठिया मैदानमा पुर्व उपप्रधानमन्त्री तथा अर्घाखाँचीका प्रतिनिधि सभा सांसद टोप बहादुर रायमाझीले पहिरो क्षेत्रको स्थलगत अनुगमन गर्नुका साथै पहिरो पीडितलाई टेन्ट बितरण गर्नुभएको छ ।
जोख्लेगैरा क्षेत्रकमा रायमाझीले स्थलगत अनुगमन गर्दै उक्त विपत प्रति ब्यत गर्दै घरवार बिहिनहरुको ब्यवस्थापनमा सरकार सँग छिटै पहल गर्ने बताउनु भएको छ ।
पहिरोले करिव ५० घर बिस्तापित भएकोमा दुख ब्यत गर्दै छिटोभन्दा छिटो स्थाइ बसोबासकमे लागि जुट्न आफु तयार रहेको रायमाझीले बताउनु भयो । आज उक्त स्थानमा पुगि रायमाझीले बाँस बस्न मिल्ने टेन्टको समेत ब्यवस्थापन गर्नु भएको छ ।
वार्ड नम्बर १२ मा ५१ वटा टेन्टको ब्यवस्था गर्नु भयो भने वडा नम्बर ११ मा ९ वटा टेन्ट ब्यवस्थपन गर्नु भएको हो । नगरप प्रमुख सुर्य प्रसाद अधिकारी ,उपप्रमुख टीका रेस्मि ,वडा अध्यक्ष बाबुराम गैरे,दुर्गा बिसि भिमकेसि लगायतले अनुगमन गर्नु भएको थियो ।