श्याम घिमिरे
बाँगी, अर्घाखाँची असोज २६ । अर्घाखाँचीको मालारानी गाउँपालीका –५ बाँगीमा रहेको शान्ति माबिले हालसम्म गरीएको शिक्षण सिकाई सहजिकरणको लेखाजोखा तथा मूल्यांकनको लागी प्रथम त्रैमासीक परीक्षा सोमवारबाट संचालन गरेको छ ।
परीक्षाको केन्द्र बिद्यार्थीको घरलाईनै कायम गरीएको र परीक्षाको रेखदेख, निरीक्षण,प्रश्नपत्र र उत्तरपुस्तिकाको बितरण र संकलनको जिम्मेवारी बिद्यार्थीका अभिभाबकलाई दिएको बिद्यालयका प्रअ मानबहादुर पाण्डेले बताउनुभयो । परीक्षालाई मर्यादित र व्यवस्थीत बनाउन बिभिन्न टोलमा बिद्यालयका शिक्षकहरुलाई समेत जिम्मेवारी तोकिनुका साथै प्राबिधिक र साधारण धारका टाढाका बिद्यार्थीहरुलाई भने अनलाईनको माध्ययमबाट प्रश्नपत्र बितरण र निरीक्षणको व्यवस्था मिलाईएको प्रअ पाण्डेले जानकारी दिनुभएको छ ।
कोभिड १९ ले आक्रान्त पारीरहेको अबस्थामा पनि बिद्यालयले गत असार १ गते देखिनै बैकल्पिक बिधि प्रयोग गरी शिक्षण सिकाई सहजिकरण गरीरहेको छ । बिद्यालयले शिक्षक स्टाप, बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ र बिभिन्न कक्षामा अध्ययनरत बिद्यार्थीहरुसंग भर्चुअल बैठक र अन्तरक्रिया गरी परीक्षा संचालन गर्ने निर्णय गरेकोको थियो । परीक्षाको संचालन र व्यवस्थापनको कार्ययोजना निर्माणगरी सम्पुर्ण अभिभाबकहरुलाई परीक्षा अगावै जानकारी समेत गराईएको थियो ।
यसैबिच बर्तमान परीस्थितिमा स्वास्थ्य संबेदनशीलतालाई बिशेष ध्यान दिई परीक्षा संचालनको अनुगमन गरीएको छ । आज बिहान ११ बजेदेखी संचालन भएको अंग्रेजी र नेपाली बिषयको परीक्षामा सबै बिद्यार्थीहरु उत्साहजनक रुपमा सहभागी भएको प्रअ पाण्डेले रेडियो सन्धिखर्कलाई बताउनुभएको छ ।
प्रअ पाण्डे सहित बिद्यालयका शिक्षक,वडाअध्यक्ष शोभाखर भुसाल,वडासदस्य डालबहादुर चौहान,बिद्यालय व्यवस्थापन समितिकाका सदस्य मणिराम खनाल,हुमबहादुर महत,निर्मला खड्का,पिटिए अध्यक्ष बिरेन्द्र कुमार चौहान लगायतले परीक्षाको अनुगमन गरेको बिद्यालयले जनाएको छ । यता अनलाईन बाहेकका शिक्षण सिकाई सहजिकरणका कार्यक्रम भने अर्को सुचना नहुन्जेलसम्मकालागी स्थगीत गरेको प्रअ पाण्डेले बताउनु भएकोछ ।